आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मानव अधीकार दिवसको अवसरमा बाराको सिमरामा प्रभातफेरी

प्रिती कुमारी, जीतपुर २०७९ मंसिर २४, शनिबार (१ साल अघि) ३१९ पाठक संख्या

रिकभरीङ्ग नेपाल मधेश प्रदेशले मानव अधीकार दिवसको अवसरमा बाराको सिमरामा प्रभातफेरी कार्यक्रमको आयोजना भएको छ । मर्यादा, स्वतन्त्रता र सबैका लागि न्याय भन्ने मुल नाराका साथ सिमरामा यो कार्यक्रम सम्पन्न भएको हो ।

 

रिकभरीङ्ग नेपाल प्रदेश २ को आयोजनामा तथा नया गोरेटो पुनस्र्थापना केन्द्र सिमरा बाराको मुख्य सहकार्यमा सम्पन्न यस कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमरा, लायन्स क्लब सिमरा, बारा प्लसको पनि सहभागीता रहेको थियो ।

 

प्रभातफेरी कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सम्झौता टोल देखी शुरु भै वडा नम्बर १ को कार्यालय परीसर हुदै नया गोरेटो पुनस्र्थापना केन्द्र सिमराको कार्यालयमा गएर समापन भएको थियो ।

 

नया गोरेटो पुनस्र्थापना केन्द्रका बवीन सुब्बाको समायोजनमा सम्पन्न यस कार्यक्रममा स्थानीय समाजसेवी रामबाबु लामा, श्रीजना चौलागाई, दिपेन्द्र श्रेष्ठ, आकाश धौजु, धिरज शर्मा, बिद्यार्थी जागरणका धुर्व क्षेत्री, बारा प्लसका मनीता लामा लगाएत ईलाका प्रहरी सिमराको तर्फबाट केशव कार्कीको सहभागीता रहेको नया गोरेटो पुनस्र्थापना केन्द्रका संचालक राजकुमार लामाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस