आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सटर बहाल रकम बुझाउने फलफूल व्यवसायी सहनीलाई उपमहानगरको सम्मान

प्रिती कुमारी, जीतपुर २०७९ पौष १९, मंगलबार (१ साल अघि) २०९ पाठक संख्या

सटर बहाल रकम एकमुष्ठ बुझाउने जीतपुरका एक फलफूल ब्यवसायीलाई जीतपुरसिमरा उपमहानगरपालिकाले सम्मान गरेको छ । तीन आर्थिक वर्षदेखि बक्यौता रहेको सटर बहाल रकम एकमुष्ठ बुझाउने जीतपुरका फलफूल ब्यवसायी वीरेन्द्र सहनी गोढीलाई उपमहानगरपालिकाले सम्मान गरेको हो ।

 

सहनीले आर्थिक वर्ष २०७६/०७७ देखिको बक्यौता र आर्थिक वर्ष २०७९/०८० चैत्र मसान्तसम्मको अग्रिम सटर बहाल रकम बुझाउने पहिलो ब्यवसायी भएकोले उपमहानगरपालिकाले उहाँलाई सम्मान गरेको हो ।

 

सटर बहाल रकमलाई लिएर जीतपुरका स्थानीय ब्यवसायीले पालिकालाई विगत तिन वर्षदेखि विवादित बनाउदै आएको यस समयमा सहनीले बहाल रकम तिर्न शुरुवात गरेको भन्दै यस उपमहानगरपालिकाले उहाँलाई सम्मान गरेको हो ।

 

मिना बजारको सटरमा फलफूलको व्यवसाय गर्दै आएका सहनीले पाँच लाख ४६ हजार रकम एकमुष्ठ बुझाएका हुन् । उनलाई नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले सम्मान गर्नुभएको हो । सहनीले २८,२९,३० र ३१ नम्बरको चारवटा सटर प्रयोग गर्दै आएका छन् । एकमुष्ठ रकम बुझाएका सहनीले पाँच प्रतिशत छुट सुविधा समेत पाएका छन् ।

 

हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको गुदरी बजारको एक सय एक र मिना बजारको ३३ वटा सटर ब्यवसायिक प्रयोजनका लागि प्रयोग भइरहेका छन् । व्यवसायिक प्रयोजनका लागि प्रयोग भइरहेका यी सटरहरुको बहाल रकम बक्यौता अझै बाँकी छ ।

 

उक्त सबै सटरको रकम आर्थिक वर्ष २०७६/०७७ देखि नै बाँकी रहेको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला अधिकारीले जानकारी दिनुभएको छ । उहाँले बाकीँ बहाल रकम पुष मसान्त भित्र बुझाए पाँच प्रतिशत छुट दिने निर्णय गरेको समेत जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस