आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

खानेपानीमन्त्री खानले सम्हाले पदभार

एपी खबर २०७९ माघ ११, बुधबार (१ साल अघि) १५३ पाठक संख्या

काठमाडौं– सात दलीय गठबन्धनबाट जनतम पार्टीको भागमा परेको खानेपानी मन्त्रालयको पदभार ८ दिनपछि मन्त्री अब्दुल खानले सम्हालेका छन्।

११ पुसमा जनमत पार्टीबाट बिनाविभागीय मन्त्री बनेका खान ३ माघमा खानेपानीमन्त्री बनेका थिए। तर पूर्वसहमतिअनुसार आपूर्ति मन्त्रालय नदिइएको भन्दै उनी मन्त्रालय गएका थिएनन्।

मन्त्री खानले बुधबार दिउँसो मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्। स्वच्छ खानेपानी अभावलाई दीर्घकालीन रुपमा समाधान गर्न कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस