आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलाे सुनसहित विदेशी नागरिक पक्राउ

एपी खबर २०७९ माघ १९, बिहिबार (१ साल अघि) १५५ पाठक संख्या

काठमाडौँ ; त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलाे सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी स्राेतका अनुसार, रातिको उडानमा दुबईबाट आएका क्यानेडेली नागरिक मोहमद कमल मोहगोबलाई विमानस्थल भन्सार कार्यालयले ९ किलो १ सय ३५ ग्राम सुनसहित पक्राउ गरेकाे हाे । पक्राउ परेका माेहमद युएई मूलका क्यानडेली हुन् ।

 

विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार उनले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुटजस्तै बनाएर सुन भित्र्याउन खाेजेका थिए ।विदेशबाट ल्याइने सुन नेपालहुँदै भारत लगिने गरेकाे विगत छ । गत महिना मात्र १९ किलाे सुनसहित दुई जना सुडानी नागरिक पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस