आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन

एपी खबर २०७९ माघ २२, आईतबार (१ साल अघि) ९३ पाठक संख्या

काठमाडाैं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए।

 

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए । पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस