आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

एपी खबर २०७९ माघ २६, बिहिबार (१ साल अघि) १४८ पाठक संख्या

काठमाडौँ – सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ ।

 

बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए।

 

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।

प्रतिक्रिया दिनुहोस