आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बिद्यालयको जग्गा संरक्षण गर्ने अभिभावक प्रहरीको नियन्त्रणमा

अखिलेश कुमार यादव २०८० जेष्ठ १२, शुक्रबार (११ महिना अघि) २४० पाठक संख्या

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा रहेको श्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक बिद्यालयको अतिक्रमीत जग्गा संरक्षण गर्ने समाजिक अभियानतालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

 

बर्षौ देखि बिद्यालयको जग्गा अतिक्रमण गरेको जग्गा नापचाँज गर्न सहयोग गरेको भन्दै प्रहरीले नगर उधोग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता र विद्यालयका अभिभावक सुनिल साहलाई सोमबार बेलुका जीतपुरबाट नियन्त्रणमा लिएर मुद्धा चलाएको हो ।

 

बिद्यालयको जग्गा अतिक्रमण गरेर राखेको राजेश्वर गिरी परिवारले जीतपुरसिमरा उपमहानगरपालिकाका वडा अध्यक्ष सुनिल कुमार गुप्ता सहित ६ जनामाथी मुद्धा दिर्ता गराएको जील्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।

 

जीतपुरमा रहेको फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा प्रदेश सरकार बाट नयाँ भवन बनाउनको लागि २५ लाख र नगरबाट ३५ लाख बजेट बिनियोजन गरेको विद्यालय ब्यवस्थापन समितिले जग्गा नापचाँज गर्ने कार्य शुरु गरेको थियो ।

 

जग्गा नापजाँच गर्ने क्रममा अतिक्रमण गर्ने गिरी परिवारलाई विद्यालयको जग्गा नापचाँज गर्न नदिई विवाद गरेको थियो । हाल प्रहरीले सोहि विवादलाई आधार मानेर मुद्धा दर्ता गरी ६ जना बिरुद्ध मुद्धा चलाएको र उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज साह र विद्यालयका अभिभावक सुनिल साह लाई नियन्त्रणमा राखेको छ ।

 

सम्मानित जील्ला अदालतमा विद्यालयको जग्गाको बारेमा देखउदै गरेको भिडियोलाई आधार मानेर पहिलो पटक ३ दिनको म्याद लिई अनुसन्धान शुरु गरेको प्रहरीले पुनः ४ दिनको म्याद थप गरेको जनाइएको छ।

 

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता पुरुषोत्तम पौडेलको अनुसार पक्राउ परेका विद्यालयका अभिभावक सुनिल साह र संघका वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता माथी अपराधीक उप्रदव कसुरमा मुद्दा चलाईएको हो ।

 

गिरी परिवारले दिएको झुठा मुद्धामा प्रहरीले विद्यालयको जग्गा खोजी गर्नेलाई समात्नु गलत भएको जीतपुरका स्थानीयहरुको भनाई छ । मुद्धा दर्ता गर्नु भन्दा पहिला प्रहरीले छलफल गराउनुपर्ने र गरिव जनताको बालबालिका पढ्ने विद्यालयको जग्गा अतिक्रमण मुक्त गराउनुको सट्टा प्रहरी विद्यालयको अभिभावकलाई थुनामा राख्नु कानुनी राज्यको उपहास भएको स्थानियहरु भनाई छ ।

प्रतिक्रिया दिनुहोस