आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डा.सन्दुक रुइत लण्डनमा सम्मानित

एपी खबर २०८० अषाढ २५, सोमबार (१० महिना अघि) ५७ पाठक संख्या

वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा सम्मान गरिएको छ ।

 

नेप्लिज डक्टर्स एसोसिएसन यूकेले आयोजना गरेको कार्यक्रममा डा.रुइतले एउटा व्यक्तिको आँखाको उपचार हुँदा उसको आँखा मात्र नभै उसको समग्र स्वास्थ्य, पारिवारिक सम्बन्ध र आर्थिक अवस्थामा पनि सुधार आउँछ भन्ने कुरालाई मार्मिक रुपमा प्रस्तुत गर्नुभयो ।

 

संयुक्त अधिराज्य (बेलायत) का लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले डा. रुइतले गर्नुभएको कार्यको प्रशंसा गर्दै उहाँले देशविदेशमा प्राप्त गर्नुभएको सम्मानले सम्पूर्ण नेपालीलाई गौरवबाेध गराएको बताउनुभयो ।

 

एसोसिएसनका अध्यक्ष डा.कमल अर्यालले डा.रुइतको मार्ग निर्देशनबाट आफू चिकित्सा क्षेत्रमा प्रवेश गरी सक्रिय रुपमा लागेको उल्लेख गर्दै डक्टर्स एसोसिएसनले गरेका गतिविधिमाथि प्रकाश पार्नुभयो ।

 

बेलायतका समाजसेवी तेज कोहलीले डा.रुइतसँगको सहकार्यमा पछिल्ला केही वर्षमा ५० हजार बिरामीको आँखाको सफल उपचार गरेको जानकारी दिनुभयो । तेज कोहली तथा रुइत फाउण्डेसनको सहकार्यमा नेपाललगायत विभिन्न देशमा आँखाको उपचार हुँदै आएको छ ।

 

बेलायतको प्रतिष्ठित एङ्ग्लिया रस्किन विश्वविद्यालयले असार २६ गते प्रदान गर्ने मानार्थ डक्टर इन साइन्स (महाविद्यावारिधि) ग्रहण गर्न डा.रुइत लण्डन जानुभएको छ । एसोसिएसनकी कार्यकारणी सदस्य आरती हमालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस