आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘भानुचोक’मा भानुभक्तको सम्झना

एपी खबर २०८० अषाढ २९, शुक्रबार (१० महिना अघि) ५३ पाठक संख्या

दाङको घोराहीस्थीत भानुचोकमा जम्मा भएर आदिकवि भानुभक्त आचार्यको सम्झना गरिएको छ । २१० औं भानु जयन्तीका अवसरमा शुक्रबार घोराही उपमहानगरपालिका–१५ स्थित भानु चोकमा आदिकवि आचार्यको सम्झना गर्दै साहित्यकार, शिक्षकलगायतका स्थानीयले स्थानीय सरकारसँग भानुभक्त आचार्यको नाममा चोकलाई नामाकरणसँगै सालिक राख्न माग गरेका हुन् ।

 

 

 

चोकमा जम्मा भएका साहित्यकारले भानुभक्तको सम्झनामा विभिन्न रचना वाचनसमेत गर्नुभएको थियो । रचना वाचन गर्दै साहित्यकार तथा प्राध्यापक किशोरचन्द्र गौतमले नेपाली भाषा तथा साहित्यको विकासमा भानुभक्त आचार्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘‘भाषाका माध्यमबाट नेपाली समुदायलाई एकतावद्ध गर्न भूमिका खेल्ने राष्ट्रिय विभूतिको सम्मान गर्न आवश्यक छ ।’’ कार्यक्रममा साहित्यकार, शिक्षक, बुद्धिजीवीलगायतले नेपाली भाषामा रामायण पढ्ने अवसर दिने, नेपाली समाजलाई भाषिक स्वाभिमान दिने, भाषिक एकताको बलियो राष्ट्रिय डोरी उपलब्ध गराउने आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धा अर्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस