आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ

एपी खबर २०८० श्रावण २, मंगलबार (९ महिना अघि) ८७ पाठक संख्या

काठमाण्डाै – नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले नेपाल एअरलाइन्सको उडानमार्फत् काठमाण्डौदेखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरेकाे हाे ।

 

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे हाते झोला जाँच क्षेत्रबाट झोलामा लुकाएर लैजान लागेको एक सय दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस