आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पचरौता नगरपालिकाले मनमौजी नियुक्ति गर्दै : आलम

AuthorAP Khabar२०८० श्रावण ३, बुधबार (९ महिना अघि) ८० पाठक संख्या

 बारा। बाराको पचरौता नगरपालिकाले मनमौजी गर्दै गरेको एक जना निवेदनकर्ता सबिर आलमले पत्रकार सम्मेलन गरी गुनासो पोखेका हुन। पचरौता नगरपालिकाको लागि विभिन्न पद र संख्यामा मिती २०७९/०९/१९ गतेको निर्णय अनुसार नगरपालिका अन्तर्गतका बिद्यालयमा कामकाज तथा शिक्षण गर्ने गरि नगरपालिका बाट तलब भत्ता खाने गरि सेवा करारमा स्वयमसेवक शिक्षक / कर्मचारी पदपुर्ति गर्नु पर्ने बारे योग्यता पुगेका नेपालि नागरिकहरुले सुचना प्रकाशित भएको मितीले १५ दिन भित्र राजश्व तिरेको रसिद सहित दरखास्त दिनु हुन सम्बन्धित सबैका लागि त्यो सूचना प्रकाशन गरिएको थियोे।

 

 

आलमले रितपुर्वक सबै प्रक्रिया पुरागरी उतिर्ण भई बैकल्पिकमा रहेका थिए। तर रिना कुमारीले विज्ञान तथा लेखा गरि निमावि र मावि दुइटैमा नाम निकाल्न सफल भएकोले रिना कुमारीले निमावि बाट माविमा नियुक्ति लिए पछि दुई सिटका लागि गरिएको विज्ञापन मध्ये आलमको प्रतिस्पर्धी कोहि नरहेकोले आफ्नो नियुक्ति गर्न लाई पुनः निवेदन दिएर दर्ता गराउदा पनि पालिकाले नियुक्ति किन दिनु भएन भने बारेमा सबै समबन्धित व्यक्ति संग कुरा गर्दा सबैले मेयर जलन्धर सिंह संग नै कुरा गर्नु पर्छ भन्ने सल्लाह दिएका थिए।

 

 

शिक्षा शाखा प्रमुख प्रमोद यादव संग आलमले कुरा गर्दा मेयर साहब संग नै भन्न लगाउनु पर्छ मलाई गर्न कुनै समस्या छैन भन्ने प्रतिक्रिया दिएको आलमले बताए। संग संगै अडियो क्लिपनै सुनाएका थिए। त्यसपश्चात कार्यालय प्रमुख महेश मिश्र संग कुरा गर्दा पनि शाखा प्रमुख यादवकै भाषा प्रयोग गर्दै मेयर साब संग नै सेटिंङ्ग मिलाउनु पर्छ भन्ने जिकिर गरेको बारे प्रतिक्रिया दिएको आलमले अडियो क्लिप सुनाएका थिए।

 

 

अदालती प्रक्रियामा किन जानू भएन भन्ने बारेमा आलम संग प्रश्न गर्दा आलमले भने निस्वार्थ भावना भएको भए नियुक्ति बारे आज मलाई यो पत्रकार सम्मेलन गर्नु पर्ने थिएन, त्यही भएर अदालती प्रक्रिया बाट गराउन सहज थियो। तर भोलि जागिर सुरक्षित नरहने सम्भावनाका कारण सर्व सधारणमा यस्ताकुराको बारे जानकारी हुन आवश्यक देखेकोले आज पत्रकार सम्मेलन गरेको र नियुक्ति कुन कारणले नगरेको जवाफ मात्र पाउने उद्देश्य रहेको आलमले बताए।

प्रतिक्रिया दिनुहोस