आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिवचन्द्र कुशवाहासहित ५ जनालाई जनमत पार्टीले गर्‍यो कारवाही

एपी खबर २०८० श्रावण ४, बिहिबार (९ महिना अघि) ८६ पाठक संख्या

काठमाडौँ: जनमत पार्टीको केन्द्रीय अनुशासन समितिले ५ जनालाई अनुशासनको कारवाही गरेको छ । जनमत पार्टीको नीति, निर्देश र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरेकाले कारवाही गरिएको केन्द्रीय अनुशासन समितिका प्रमुख ई. दिपककुमार साहले जानकारी दिए ।

 

कारवाहीमा पर्नेमा बाराको उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध उम्मेदवार बनेका शिवचन्द्र कुशवाहा समेत छन् । उनी उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका थिए । कुशवाहालाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

सप्तरीका गुलाब मण्डल, शंकर खड्का र भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवान दास यादवलाई निलम्बनको कारवाही गरिएको छ । कारवाही पश्चात् सुधार देखाउने वा नदेखाउने व्यवहार अनुसार कारवाही फुकुवा वा थप कारवाही हुनसक्ने अनुशासन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस