आज:  २०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आजको मौसम : आज यी स्थानमा बर्षा हुने सम्भावना

एपी खबर २०८० श्रावण ५, शुक्रबार (९ महिना अघि) ७५ पाठक संख्या

काठमाडौँ – हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रहेको छ। साथै, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस