आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निजी जग्गाको ढुंगामाटो बेचबिखन गर्न जीतपुरसिमरा उपमहानगर संग अनुमति लिनु पर्ने

अखिलेश कुमार यादव २०८० श्रावण ८, सोमबार (९ महिना अघि) ११४ पाठक संख्या

बारा :आफ्नै निजी जग्गाको ढुंगा, माटो तथा वालुवा उतखन्न गरी बेचबिखन गर्न जीतपुरसिमरा उपमहानगरपालिका संग अनुमति लिनु पर्ने भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले साउन ४ गते निकालेको सूचनामा आफ्नै निजी जग्गाको ढुंगा, माटो तथा वालुवा उतखन्न गरी बेचबिखन गर्नुपरे उपमहानगरलाई सुचना दिई प्राविधिक जाँचपास गराई राजस्व बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

 

जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक ऐन २०८० को अनुसूची १४ मा तोकिएको उक्त परिणाम बराबरको राजस्व उपमहानगरपालिकामा बुझाएर अनुमति लिएर मात्र बिक्रि बितरण गर्न जीतपुरसिमरा बासि संग अनुरोध गरेको छ ।उपमहानगर संग बिना अनुमति लिएर निजी जग्गाको ढुंगा, माटो तथा वालुवा उतखन्न गरी बेचबिखन गरेको भेटिएमा नियमानुसार जरिवाना हुने उपमहानगरले जनाएको छ ।

 

अब जीतपुरसिमरा उपमहानगरपालिकाको जनताले आफ्नै निजि जग्गाको ढुंगामाटो बेचबिखन गर्न अनुमति लिने निर्णयको सर्वत्र आलोचना भईरहेको समेत पाईएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाले यो भन्दा पहिला पनि उपमहानगर भित्र गुड्ने गाडीहरुमा छुटै कर लगाएको थियो जसको बिरोध पनि केहि स्थानीयले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस