आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन १९ गतेका लागि आह्वान

एपी खबर २०८० श्रावण ११, बिहिबार (९ महिना अघि) ७२ पाठक संख्या

काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन १९ गतेका लागि आह्वान गरिएको छ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा विहान ११ बजे बस्ने बताइएको छ ।एन्फा महासचिव किरण राईले कार्यसमिति सदस्यलाई बोर्ड बैठकमा छलफल गर्न एजेन्डासहित मिति, स्थान र समयको निर्धारण गरेका हुन् ।

 

बैठकका लागि विविधसहित ११ एजेन्डा तय गरिएको छ । एन्फाको विधानअनुसार एकसाता अघि नै अध्यक्षले एजेन्डा सहित बैठक र मिति टुंगो लगाउनु पर्ने प्रक्रिया छ ।बैठकमा एन्फाको आपतकालिन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने, महिला फ्रेन्चाइज लिग, जिल्ला साथै सहिद स्मारक ‘‘ए’ ‘बी’ र ‘सी‘ डिभिजन लिगको नियमावली, लेखा परिक्षणका विषयमा छलफल हुनेछ ।

 

 

यस्तै, खरिद् तथा मुख्याङ्कन समिति, राष्ट्रिय खेलाडीको औषधी उपचारको भुक्तानी, एन्फा कर्मचारीको सेवा सुविधा बृद्धि, थ्री नेसन्स कप विजेतालाई पुरस्कार र साफ यु१९ च्याम्पियनसिप आयोजनाबारे छलफल गरिने जानकारी गराइएको छ ।पछिल्लो पटक एन्फाको आपतकालिन बैठक वैशाख २५ गते बसेको थियो ।

प्रतिक्रिया दिनुहोस