आज:  २०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मनोहरकुमार पोखरेल माथी भएको कुटपिट निन्दनीय रहेको: प्रेस चौतारी नेपाल

AuthorAP Khabar२०८० श्रावण १५, सोमबार (९ महिना अघि) ९२ पाठक संख्या

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सल्लाहकार मनोहरकुमार पोखरेल माथी साउन १५ गते सोमबार सप्तरी स्थित जिल्ला प्रहरी कार्यालयमा भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति प्रेस चौतारी को गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

 

समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकार पोखरेललाई प्रहरी सहायक निरीक्षक राजेश्वर महतोले दुर्व्यवहार गर्दै कुटपिट गरिएको घटना अत्यन्तै दुःखद् र निन्दनीय भएको प्रेस चौतारी को निस्कर्ष छ ।
जवरजस्ती करणी र गर्भपतनको मुद्धा दर्ता गर्न प्रहरीले नमानेको भन्दै स्थानीयले गरेको गुनासोको विषयमा बुझ्न पुगेका पत्रकार तथा इन्सेककर्मी पोखरेललाई कार्यालयभित्रै गरिएको आक्रमण सिंगो पत्रकारिता क्षेत्रमाथिकै आक्रमणका रुपमा लिएकाे बिज्ञप्तीमा उल्लेख छ ।

 

 

यस घटनाले पत्रकारहरु प्रहरीबाटै असुरक्षित रहेको पुष्टि हुनुका साथै प्रहरी संगठनको गरिमा माथिनै प्रश्न तेर्साएको छ । यस्ता घटनालाई नियन्त्रण गर्न र संविधानमै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रतालाई कायम गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यलय सप्तरीको ध्यानाकर्षण गराएको बिज्ञप्तीमा जनाइएको छ ।

 

 

पत्रकार पोखरेलमाथि भएको कुटपिटको घटनाको विषयमा छानविन गरी दोषीलाई कारवाही गर्न र प्रहरीको कुटपिटबाट घाइते भई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराईरहनुभएका पत्रकार पोखरेलको शिघ्र स्वास्थ्यलाभको कामना गरेको प्रेस चौतारी नेपालका
केन्द्रीय सचिव एवम् मधेस इन्चार्ज कमल कुमार उपाध्याय र मधेस प्रदेश महासचिव गौतम श्रेष्ठ ले निकालेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस