आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्व डीआईजी शाहलाई भ्रष्टाचार मुद्दामा ३ वर्षको जेल सजाय हुने फैसला

एपी खबर २०८० पौष २६, बिहिबार (४ महिना अघि) १०० पाठक संख्या

काठमाण्डाै – विशेष अदालतले पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय हुने फैसला गरेको छ । साहित्यकारसमेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र त्यही परिणामको जरिबाना तिराउने फैसला भएको हो । क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला शाहले भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दाका चार आरोपितमध्ये शाह र नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि तीन वर्ष नै कैद सजाय सुनाएको छ ।

 

पनेरुबाट पनि १६ लाख ६९ हजार बिगो र त्यति नै रकम जरिबाना तिराउन फैसला सुनाइएको छ । यही प्रकरणका आरोपितहरू लेखापाल सञ्जीव विशुङ्खे र प्रहरी हवलदार केशवसिंह ऐरीले भने विशेष अदालतबाट सफाइ पाएका छन् ।भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०७६ फागुनमा उनीहरुमाथि मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस