आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा सन्दीप लामिछाने निलम्बन

एपी खबर २०८० पौष २६, बिहिबार (४ महिना अघि) ११० पाठक संख्या

काठमाण्डाै – सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले निलम्बन गरेको छ । काठमाण्डौ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले विज्ञप्ति निकालेर जनाएको छ ।

 

 

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध गएको वर्ष भदौमा बलात्कारको उजुरी परेको थियो । बलात्कार आरोपमा अदालतले उनलाई दोषी ठहर गरेको हो । यसअघि हिजो नै लामिछानेले राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस