आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडियो

एपी खबर २०८० पौष २८, शनिबार (४ महिना अघि) १२९ पाठक संख्या

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । हिजो बेलुुकी जगदम्बा स्टिलबाट लाइन जोड्न शुरु गरिएको र राति सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले उज्यालोलाई जानकारी दिनुुभयो ।

 

हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो । यसअघि गएको मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले लाइन जोड्न दिने निर्णयसँगै प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि जाँचबुझ समिति गठन गरेको थियो । प्राधिकरणका अनुसार ट्रङ्क र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस