आज:  २०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु

एपी खबर २०८० पौष २८, शनिबार (४ महिना अघि) १७१ पाठक संख्या

काठमाडौं : काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका- ४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

 

 

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।एसपी ढुंगेलका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए। दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस