आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शालिन पोखरेलले आत्महत्या नै गरेको काठमाण्डौको त्रिवि शिक्षण अस्पताल गरे पुष्टि

एपी खबर २०८० फागुन २०, आईतबार (१ महिना अघि) १६३ पाठक संख्या

काठमाण्डाै – चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलले आत्महत्या नै गरेको काठमाण्डौको त्रिवि शिक्षण अस्पतालले पुष्टि गरेको छ । शालिनमाथि बलात्कार नभएको र झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टमले देखाएको अस्पतालले जनाएको छ । पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै सङ्केत नभेटिएको पनि अस्पतालको भनाइ छ ।

 

गएको फागुन १२ गते विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर परिवारले अस्पतालको विश्वास नभएको भनेर विरोध गरेपछि काठमाण्डौ ल्याएर पोस्टमार्टम भएको हो ।

प्रतिक्रिया दिनुहोस