आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

शिव अवतरण एवं आध्यात्मिक सशक्तिकरणको महापर्व महाशिवरात्री प्रवचन समारोह सम्पन्न

एपी खबर २०८० फागुन २८, सोमबार (१ महिना अघि) ७४ पाठक संख्या

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ जीतपुरमा ८८ औं त्रिमुर्ती शिवज्यन्तिको अवसरमा आयोजित शिव अवतरण एवं आध्यात्मिक सशक्तिकरणको महापर्व महाशिवरात्री प्रवचन समारोह सम्पन्न भएको छ । जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक बिद्यालयको प्राङ्गनमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि,बिशिष्ट अतिथि लगाएत अतिथिहरुले पानसमा बती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्र जीतपुरले आयोजना गरेको शिव अवतरण एवं आध्यात्मिक सशक्तिकरणको महापर्व महाशिवरात्री प्रवचन समारोह कार्यक्रमा बोल्दै प्रमुख अतिथि देवनारायण चौधरीले ,अहिले पनि भगवान हाम्रो लागि जिवितै रहेको र हामीले गरिरहेको राम्रा र नराम्रा काम सबै भगवानले हेरिरहेको बताउनु भयो ।

शिवरात्री पर्व हामीले किन मनाउछौ र किन मनाउनु पर्छ भन्ने बारे हामिले आजको कार्यक्रममा जानकारी पाएर निकै नै हर्षित भएको प्रदेश सभा सदस्य देव नारायण चौधरीले बताउनु भयो । त्यस्तै उहाँले आफु प्रदेश सभाको हैसियतले ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र जीतपुरको लागि आफ्नो प्रदेश सभा कोष बाट ५ लाख बजेत बिनियोजन गरेको समेत बताउनुभयो ।

महाशिवरात्री पर्व किन मनाउनु पर्छ र हामीले किन मंईरहेको छौ भन्ने बारे गोकुल गुभाजु भाईजीले प्रकाश पार्नु भएको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गर्दै आईरहेको सबै कार्यक्रममा हामीले आफ्नो शरीरलाई कसरि शान्ति प्रदान गर्न सक्छौ र हामीले दैनिकी जीवनमा के कस्ता काम गरे स्वर्गको अनुभूति प्राप्त गर्छौं कार्यक्रमको बिशिस्ट अतिथि समेत रहनु भएको वडा अध्यक्ष सुनिल गुप्ताले बताउनु भयो ।

८८ औं त्रिमुर्ती शिवाज्यन्तिको अवसरमा आयोजित शिव अवतरण एवं आध्यात्मिक सशक्तिकरणको महापर्व महाशिवरात्री प्रवचन समारोह कार्यक्रमा फकिरा गिरि राजेश्वर गिरि माविको प्रअ राजु सिंह,पुस्तक व्यवसायी श्रवन गुप्ता,समाजसेवी गणेश प्रसाद साह ,पत्रकार अनिल तिवारी , ब्रह्माकुमारी राजयोग सेवा केन्द्र जीपुरको संचालिका रेणु दिदि,लगाएत स्थानियहरुको उपस्थिति रहेको थियो  ।ब्रह्माकुमारी राजयोग बिरगंज क्षेत्रकी क्षेत्रीय संचालिका रबिना दिदिको सभाध्यक्षतामा सुरु भएको कार्यक्रमको संचालन ब्रह्माकुमारी बबिता दिदिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस