आज:  २०८२ जेष्ठ ७, मंगलबार | Tue, 20, May, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

एपी खबर २०८१ बैशाख ७, शुक्रबार ( १ साल अघि) २०२ पाठक संख्या

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत भएको छ । नेपाली सेनाले जिम्मा पाएको द्रुत मार्गको निर्माण कार्य अगाडि बढिरहेको नेपाली सेनाले जानकारी गराएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्धारित समयमै सम्पन्न गर्नेगरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ।

 

शुक्रबार बसेको समितिको बैठकले द्रुत मार्गको खोकना क्षेत्रमा देखिएको समस्या तुरुन्तै समाधान गरी निर्धारित समयमै आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र संयोजन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो। गएको चैत मसान्तसम्म काठमाडौं–निजगढ द्रुतमार्गको काम ३३.२ प्रतिशत सकिएको र वित्तीय प्रगति ३३ प्रतिशत भएको उनले बताए । उनकाअनुसार निर्माणाधीन तीन वटा सुरुङको खन्ने कार्य पनि ७६ प्रतिशत सकिएको र हालसम्म ३० हजार ५९१ रुख काटिएको छ ।

प्रतिक्रिया दिनुहोस