आज:  २०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मंसिर ९–१३ गतेसम्म नेपाली कांग्रेशको महाधिवेशन हुने

सुप्रिया ढकाल २०७८ श्रावण ३०, शनिबार (२ साल अघि) २७३ पाठक संख्या

३० श्रावण, काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । प्रधानमन्त्रि एवं ञपार्टि सभापति शेरबहादुर देउवाको निजि निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय कमिटी बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

 

यसअघि भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो । संविधान र कांग्रेसको विधान अनुसार आउँदो भदौ २३ भित्र कांग्रेसको महाधिवेशन भइसक्नुपर्ने हुन्छ ।

 

२०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवा नेतृत्वले पटक–पटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन हुन सकेको छैन । कांग्रेसको विधान अनुसार २०७६ फागुन २४ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो ।

यद्यपि विधानको धारा ४३ प्रयोग गरी २०७७ फागुन २४ सम्म एक वर्ष म्याद बढाइयो । उक्त समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो । महाधिवेशन काडमाडौँमा हुनेछ ।

नेपाली काङ्ग्रेसको अधिबेशन÷महाधिवेशन निम्नानुसार हुने गरि निर्णय गरीएको छ ।

१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउनेः २०७८÷५÷२
२. निर्वाचन निर्देशिका बुझाउनेः २०७८÷५÷२
३. वडा अधिबेशन ः २०७८÷५ ÷ १८
४. गाउँ÷नगर पालिकाः २०७८÷ २७
५. प्रदेश क्षेत्र क÷खः २०७८÷ ६÷१
६. संघिय निर्वाचन क्षेत्र ः २०७८÷६÷ ५
७. जिल्ला ः २०७८÷६÷१०
८. प्रदेशः २०७८÷७÷१०–१२
९. केन्द्रीय ः २०७८÷८÷ ९–१३

प्रतिक्रिया दिनुहोस