आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अफगानिस्तानबाट बाहिरीनेको संख्या बढ्दा बिमानस्थल अस्तब्यस्त, अमेरिकी सेनाले चलायो गोली

एपी खबर २०७८ श्रावण ३२, सोमबार (२ साल अघि) ४८४ पाठक संख्या

काठमाडौं । अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।

 

तालिबानले पुनः अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानबाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् । अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ । डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ ।

 

अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ । समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ । अहिले हजारौंको संख्यामा अफगानी नागरिकहरु पनि मुलुक छाड्न विमानस्थलमा पुगेका छन् ।

 

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भीड देख्न सकिन्छ । केही यात्रुहरुलाई उडान रद्द गरिएसँगै विमानबाट निकालिएको देखिएको छ । अफगानी व्यवसायी सोएइब बाराकले आफूलाई काम एयरको फ्लाइटबाट निकालिएको बताएका छन् । उनका अनुसार विमानस्थलमा गोली चलेसँगै उडान रद्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस