आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाराका एक बृद्ध ६ किलो चाँदिका गरगहनासहित पक्राउ

सुप्रिया ढकाल २०७८ भाद्र ३, बिहिबार (२ साल अघि) २५३ पाठक संख्या

बारा । अबैध रुपमा नेपाल भित्राउदै गरेको ६ किलो चादि सहित बाराका एक जना पक्राउ परेका छन् । बाराको पर्सौनी गाउँपालिका–६ का ६० वर्षीय नागेन्द्र साह सोनारलाई प्रहरीले चाँदीका गरगहनासहित पक्राउ गरेको हो ।

 

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै विशेष सूचनाका आधारमा पैदल हिडिरहेका शाहलाई प्रहरीले वीरगञ्जस्थित शंकराचार्य गेटबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ६ केजी १६८ ग्राम चाँदीका गरगहना बरामद गरेको छ ।

 

पक्राउ परेका उनलाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस