आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एन्फाले नेपाल र भारतविचको मैत्रीपुर्ण खेल फ्लडलाईटमा खेलाउने

एपी खबर २०७८ भाद्र ३, बिहिबार (२ साल अघि) ३९७ पाठक संख्या

काठमाण्डौ । नेपाल र भारतविचको भदौ १७ र २० गते हुने दुई वटा मैत्रीपुर्ण खेल एन्फाले फ्लडलाईटमा खेलाउने भएको छ । खेल साँझ साँढे ५ बजेबाट खेल सुरु गराउने योजना एन्फाले बनाएको भएपनि अहिलेसम्म आधिकारीक जानकारी प्राप्त भएको छैन ।

 

एन्फाका महासचिव इन्द्रमान तुलाधरले अहिलका लागि भारत र नेपालको खेल साँझ साँढे ५ बजेबाट गराउने योजना रहेको बताउनुभएको छ । साथै उहाले कोरोनाको खोपको दुबै डोज लगाएका सिमित दर्शकलाई मात्रै खेल अवधिभर राख्ने भन्ने पहल भइरहेको जानकारी दिनृुभयो । यद्धपी त्यसका लागि अनुमति लिने प्रक्रिया भइरहेको भएपनि एकिन हुन सकेको छैन ।

साथै तुलाधरले मैत्रीपुर्ण खेलका लागि भारतको यू २३ टिम आउने कुरालाई पनि अस्विकार गर्नुभएको छ । भारतले सिनियर टिम नै पठाउने भनेको र यू २३ टिमको कुनै कुरा नभएको बताउनुभयो ।

नेपालले घरेलु मैदानमा साफ च्याम्पियनसिप अगाडी दुई वटा मैत्रीपुर्ण खेल खेल्दैछ । जसमा पहिलो खेल सेप्टेम्बर दुई र दोस्रो खेल सेप्टेम्बर ५ मा हुनेछ ।

त्यसपछि नेपाली टिम साफका लागि माल्दिभ्स जाने योजना छ । साफ च्याम्पियनसिपका लागि नेपाली टिम अहिले पोखरामा प्रशिक्षणमा रहेको छ । ५० जनाको प्रारम्भिक सूचीबाट नेपाली टिम अहिले २८ जनामा झारिएको छ ।

साफमा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ । त्यसपछि श्रीलंका, भारत र बंगलादेशसँग खेल्नेछ । यो पटकको साफमा ५ टिमको मात्र सहभागिता हुनेछन । पाकिस्तान फुटबल फिफाको प्रतिबन्धमा रहेको छ भने भुटानले कोभिडका कारण डिसेम्बरसम्म आफ्नो नागरिकलाई विदेशी भूमीमा जानमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस