आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भिन्ना भिन्नै ठाउँबाट ७ जनाको शव फेला

एपी खबर २०७८ भाद्र ७, सोमबार (२ साल अघि) २६६ पाठक संख्या

देशका विभिन्न ठाँउबाट आज ७ जना मृत फेला परेका छन् ।

कैलाली घोडाघोडी नगरपालिका–३ बगुलियास्थित सडक छेउमा सोही ठाउँ बस्ने ५० बर्षीय बाँधुराम कुमाल आइतवार मृत अवस्थामा फेला परेका छन् ।

दाङ, घोराही उपमहानगरपालिका–२ बस्ने ६६ बर्षीय प्रेम बहादुर राना सोही ठाउँस्थित चेपे ड्यामको किनारमा आइतवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

रुकुम पूर्व, भुमे गाउँपालिका–३ मोरावाङ बस्ने अर्जुन कुवँरको छोरी अन्दाजी ४ वर्षीया प्रिया कुवँर घर नजिकै खोल्सामा आइतवार मृत अवस्थामा फेला परेकी छन् ।

लमजुङ, सुन्दरबजार नगरपालिका–६ भिजनचोक बस्ने ८१ वर्षीय जोहरदिन मिया सोही नगरपालिका–७ पाउदी खोलाको किनारमा सोमवार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै तनहुँ, बन्दिपुर गाउँपालिका–४ बस्ने ३८ वर्षीय सुक बहादुर घले घरनजिकै सडकमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बागलुङ, ढोरपाटन नगरपालिका–९ पैरा बस्ने ४५ वर्षीय छबिलाल कामी सोही नगरपालिका–९ भुजिस्थित जङ्गलमा सोमवार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रे, धुलिखेल नगरपालिका–८ स्थित सारथी होटलको चौथो तल्लमा बसी सोही होटलको भवन निर्माणको काम गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका–८ बस्ने ४० वर्षीय बिबेसु थारु सोमवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस