आज:  २०८१ बैशाख २३, आईतबार | Sun, 05, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रदेश २ को औद्योगिक कर्जा लगानी ६.६८ प्रतिशतले बढ्यो

एपी खबर २०७८ भाद्र १४, सोमबार (२ साल अघि) २६९ पाठक संख्या

बारा ।  प्रदेश नम्बर २ को व्यवसायिक उत्पादनसँग जोडिएको उद्योग तथा कलकारखानामा बैंकिङ्ग लगानी ९३ अर्ब २८ करोड पुगेको छ ।

 

अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा समग्र प्रदेशको औद्योगिक कर्जा लगानी ६.६८ प्रतिशतले वृद्धि भएर ९३ अर्ब २८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको हो । समिक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नम्बर २ मा भएको कुल कर्जा लगानी मध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ अधिकतम ५१.३३ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ २२.८६ प्रतिशत, निर्माण उद्योगतर्फ १९.४३ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामानतर्फ ५.२५ प्र

 

तिशत, खानी उद्योगतर्फ ०.६१ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.५३ प्रतिशत कर्जा प्रवाह भएको बैंकले जनाएको छ ।
गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा खानीतर्फको कर्जामा १२.१० प्रतिशत र गैर–खाद्यवस्तु उत्पादनतर्फको कर्जामा ५.५६ प्रतिशतले कमी आएको छ भने, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स, विद्युत ग्याँस तथा पानी र कृषि, वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फको कर्जामा क्रमशः ५०.६४ प्रतिशत, ४६.४० प्रतिशत र १८.१३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

 

यसैगरी निर्माण क्षेत्रतर्फ अघिल्लो वर्षको तुलनामा गत वर्षको समिक्षा अबधिमा अधिकतम २५.३१ प्रतिशतले वृद्धि भई १८ अर्ब १२ करोड पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस