आज:  २०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दुई वर्षसम्म प्रभावित भएको पढाईलाई रिफ्रेसिङ कोर्षमार्फत पूरा गर्नुपर्छः मेयर सरावगी

सुप्रिया ढकाल २०७८ आश्विन १, शुक्रबार (२ साल अघि) ४४९ पाठक संख्या

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बिद्यार्थीहरुको मनोविज्ञानलाई ध्यानमा राखेर ब्यवहार गर्न शिक्षकहरुलाई आग्रह गर्नुभएको छ ।

 

आज सामुदायिक विद्यालयका शिक्षकहरुका लागि मनोसामाजिक सहयोगसम्बन्धी दुईदिने पुनर्ताजगी तालिम उद्घाटन गर्दै मेयर सरावगीले कोरोना महामारीले गर्दा बालबालिकाको सिकाइमा प्रभाव परेको बताउनुभएको छ ।

 

‘विद्यालयले ४ जीपीए दिएको छ तर सिकाइ त्यो अनुसार हुन सकेको छैन, त्यसले गर्दा विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैन,’ उहाले भन्नुभयो, ‘यसले झन् उनीहरु मानसिक तनावमा पर्छन्, दुई वर्षको ड्यामेजलाई रिफ्रेसिङ कोर्षमार्फत पूरा गर्नुपर्छ । बालबालिकाको जीवनलाई ट्रयाकमा ल्याउनुपर्छ ।’

 

दुई वर्षमा बालबालिकाको पढाइ निकै प्रभावित बनेको र त्यसका लागि शिक्षक र अभिभावकले सहयोग गर्नुपर्ने उहाको भनाइ छ । युनिसेफको सहयोगमा बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ) नेपालले वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा तालिम कार्यक्रमको आयोजना गरेको हो ।

 

महानगरपालिकाको दुई स्थानमा चलिरहेको तालिममा ४० जना शिक्षक शिक्षिका सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस