आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रिको ह्यारेस्मेन्टका कारण समाज कल्याण परिषद्का पदाधिकारीहरुको सामूहिक राजीनामा, केहि बेरमा पत्रकार सम्मेलन गरीदै

एपी खबर २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि) ३७० पाठक संख्या

काठमाण्डौ । काम गर्ने वातारण नै नभएको भन्दै समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार प्रधानमन्त्री शेर बहादुर देउवालाई उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन् ।

सरकारको हस्तक्षेपले परिषद्मा काम गर्ने वातावरण नै नभएको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् । समाज कल्याण परिषद्का उपाध्यक्ष डा.पद्यप्रसाद खतिवडाका अनुसार सरकारले अनावश्यक हस्तक्षेप गर्ने र ह्यारेस्मेण्ट गर्न थालेको कारण सबै पदाधिकारीले सामूहिक राजीनामा दिएर मार्ग प्रशस्त गरिदिएको हो ।

‘परिषद्ले आफ्नो बजेट बनाउनु प¥यो । त्यसका लागि हामीले प्रधानमन्त्रीलाई एक चौथाइ भए पनि बजेट निकासा गरिदिन आग्रह ग¥यौँ, तर उहाँले मान्नुभएन । अधिकांश ज्यालादारी र अस्थायी कर्मचारीको म्याद असार मसान्तमै सकिएको थियो, उनीहरूको म्याद थप गरौँ भन्दा पनि उहाँहरूले आफूनिकटको मान्छेको मात्रै म्याद थप गर्न मान्नुभयो । उहाँहरूले व्यक्ति तोकेर म्याद थप गर्ने र नगर्ने लिष्ट पठाउनुभयो, जुन हामीले स्वीकार गर्न सकेनौंँ ।’ खतिवडाले भन्नुभयो ।

उपाध्यक्ष खतिवडाका अनुसार प्रधानमन्त्रीका सचिवालयबाट आफूहरूलाई पटक पटक राजीनामा गर्न दबाब दिइएको र राजीनामा नदिए हटाउने तयारी भएको भन्दै धम्काउने गरिएको थियो ।
यसबारे थप जानकारी दिन असोज ८ गते शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस