आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिसा फुटाएर श्रीपेच चोरी गर्न खोज्दा चोरको हात काटियो, चोर सेनाको नियन्त्रणमा

एपी खबर २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि) ३६५ पाठक संख्या

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चोर्न लागेका एकजनालाई नेपाली सेनाले पक्राउ गरेको छ । शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए ।

तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो । उनी अहिले नेपाली सेनाले नियन्त्रणमा रहेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस