आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

४० हजार गित गाएर गिनिज वल्र्ड रेकर्ड कायम गर्ने एसपी बालासुव्रमण्यमको निधन

एपी खबर २०७८ आश्विन ९, शनिबार (२ साल अघि) ३४२ पाठक संख्या

दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुव्रमण्यमको निधन भएको छ । उनको ७४ बर्षको उमेरमा चेन्नइको अस्पतालमा आज निधन भएको हो । दक्षिण भारतमा आफ्नो पहिचान बनाएका यी गायकले सन् १९८१ मा रिलिज भएको हिन्दी चलचित्र ‘एक दुजे के लिए’मा स्वर दिएका थिए ।

उनले, भारतका सुपरस्टारहरु कमल हसन, रजनीकान्त, एमजीआर, साहरुख खान, सलमान खानका लागि गीत गाएका छन् । बालासुब्रमण्यम एक सफल डबिङ आर्टिस्ट पनि थिए । कमल हसनका धेरै तेलुगु चलचित्रमा उनले नै आवाज दिएका छन् ।

 

यी गायकले एक दिनमै २१ वटा कन्नड गीतमा आवाज दिएर रेकर्ड पनि बनाएका छन् । ४० हजार वटा गीत गाएर उनले गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाएका भारतीय मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस