आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सुकुम्वासी र प्रहरीबीचको झडपमा चार जना मारिए

एपी खबर २०७८ आश्विन २४, आईतबार (२ साल अघि) ३५५ पाठक संख्या

रुपन्देहीको प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा ‘जग्गा कब्जा गर्न गएका सुकुम्वासी’ र प्रहरीबीचको झडपमा कम्तीमा चार जना मारिएको अधिकारीहरूले बताएका छन्।

 

दुवै पक्षबीचको झडपका कारण आइतबार दिनभर उक्त क्षेत्र तनावग्रस्त रह्यो। दुवै पक्षका कैयौँ घाइते भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद वाग्लेले झडपमा चार जनाको ज्यान गएको बताए।

 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नम्बर १८ र १९ मा पर्ने प्रस्तावित औद्योगिक कोरिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाइएकोमा विगत केही दिन यता सुरक्षा व्यवस्था मजबुत बनाइएको उल्लेख गरेको छ। तर अवस्था नियन्त्रण बाहिर जाने र शान्ति सुव्यवस्थाको समेत जोखिम देखिने भएपछि आइतबार चार बजेबाट अनिश्चितकालका लागि कर्फ्यु लगाइएको प्रशासनको भनाइ छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस