आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घान्द्रुकमा जिप दुर्घटना, आठजनाको मृत्यु

एपी खबर २०७८ आश्विन २५, सोमबार (२ साल अघि) ५१६ पाठक संख्या

कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न गएकोटोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।

सबै शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइसकेको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए ।

‘एकजना महिला बाँच्न सफल हुनुभएको छ । अरु सबैको घटनास्थलमै मृत्यु भयो,’ उनले न्युज कारखानासँग भने, ‘पोष्टमार्टमका लागि गाडीमा हालेर गण्डकी अस्पताल पठाएका छौं ।’ उनीहरू दसैंको समयमा काठमाडौंबाट घुम्न आएका थिए ।

मृत्यु हुनेमा एकजना जिप चालक खुशीमान क्षेत्रीको पहिचान भएको छ भने अरुको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ । शवहरू चिन्ने अवस्थामा समेत नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस