आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

२०७८ साल असोज २९ गते दशैको टिकाको साईत र टीका लगाउँदा कुन दिशा फर्कनु उत्तम?

एपी खबर २०७८ आश्विन २८, बिहिबार (२ साल अघि) ९१३ पाठक संख्या

नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको यस वर्षको बडादशैंको विभिन्न साइतहरुमा असोज २९ गते बिजया दशमी परेको छ । असोज २९ गते शुक्रबारका दिन बिहान १० बजेर २ मिनेटमा टिका थाप्ने उत्तम साईत रहेको समितिले जनाएको छ ।

 

घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्व फर्कनु पर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

खड्गयात्रा पनि यसै दिन गरिने छ । आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

 

टीका लगाउने तरिका यस्तो छः

टिका लगाउने मान्छे पूर्व फर्कने
लगाइदिने मान्छे पश्चिम फर्कने
विशेष तरिकाले पञ्चतव्ये खाने
सुनपानी खाने
चोखा नयाँ बस्त्र धारण गरेर टिको लगाउनेभन्दा पहिला सूर्यनारायणलाई अर्घ दिने
अनि आशिर्वाद दिने

 

प्रतिक्रिया दिनुहोस