आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

एपी खबर २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि) ३८१ पाठक संख्या

राष्ट्रिय सम्मेलन तयारी सम्बन्धमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

 

केन्द्रीय कार्यालय पेरिसडाँडा जारी बैठकमा आगामी राष्ट्रिय सम्मेलन, सदस्यता नवीकरण, विभाग गठन लगायत विषयमा छलफल केन्द्रित रहेको अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । मंगलबार बसेको बैठकले वडा, पालिका स्तरको सम्मेलनको कार्यतालिका हेरफेर गरेको थियो ।

 

माओवादीको पछिल्लो निर्णय अनुसार कात्तिक २५ सम्म सदस्यता नवीकरण गरिसक्ने कार्यतालिका छ । माओवादीले कात्तिक २७ मा टोल, मंसिर ४ मा वडा, मंसिर ११ मा पालिका र मंसिर २५ मा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ । आगामी पुस ११ देखि १३ सम्मम राष्ट्रिय सम्मेलन गर्ने यस अघि नै निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस