आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कोरोना माहामारी अझै एक वर्ष लम्बिने

एपी खबर २०७८ कार्तिक ४, बिहिबार (२ साल अघि) ३६२ पाठक संख्या

विश्व स्वास्थ्य सङ्गठनले २०१९ बाट जारी कोरेना महामारी २०२२ सम्म लम्बिन सक्ने चेतावनी दिएको छ । त्यसको अर्थ कोभिड महामारी ‘सन् २०२२ को अन्त्यसम्मै मजाले लम्बिने’ देखिएको डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले स्पष्ट पारेका हुन् ।

हालसम्म अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले कोरोना खोप पाएको छ भने अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेको तथ्यांक रहेको छ ।

खोपको आवश्यकता रहेका देशहरूलाई यूकेले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ । डब्ल्यूएचओका अनुसार सोचेभन्दा एक वर्ष बढी कोरेना माहामारी लम्बिने अवस्था देखिएको हो । डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको अर्डर छोड्न आग्रह गरे ताकि उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्न सकून् ।

सम्पन्न देशहरूले ठूला औद्योगिक राष्ट्रहरूको समूह जी ७ लगायतका बैठकमा कोभिड खोप सहयोगबारे आफूहरूले जनाएको प्रतिबद्धताबारे समीक्षा गर्न आवश्यक रहेको बताए । डा. एल्वर्डले भने, ‘म भन्न सक्छु कि तपाईँहरू सही बाटोमा हुनुहुन्न ।’ तथ्याङ्क अनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका सातमध्ये एउटा मात्रा मात्रै अति गरीब देशहरूमा पुग्न सकेको छ । अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन् ।

 

 

 

 

रिपोटर्सनेपालबाट साभार गरीएको ।

प्रतिक्रिया दिनुहोस