आज:  २०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने

एपी खबर २०७८ कार्तिक ५, शुक्रबार (२ साल अघि) ५५५ पाठक संख्या

नेकपा एमालेले १० औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने भएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले १० औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि चयनको मापदण्ड तय गर्न कात्तिक ११ गते स्थायी कमिटीको बैठक र कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाएको छ ।

 

एमाले केन्द्रीय कमिटी बैठक कात्तिक १२ गते बस्ने निर्णय

नेकपा एमाले स्थायी कमिटी बैठकले कात्तिक १२ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा शुक्रवार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो । केन्द्रीय कमिटी बैठकमा दशौं राष्ट्रिय महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको नेकपा एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस