आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको अन्तिम चारमा

एपी खबर २०७९ चैत्र १३, सोमबार (१ साल अघि) १२१ पाठक संख्या

‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथक्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं  जीतपुरसिमरा गोल्डकपको सेमिफइनलमाप्रवेश गरेको छ ।

 

पहिलो हाफमाबनाएको अग्रताजोगाउननसक्दाचालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङ्गशालामापहिलो सहभागितामै निराशबन्नपुग्यो ।

 

पहिलो हाफको ३५ औं मिनटमा सातदोबाटोका कप्तानसुदिप गुरुङले टिमलाई अग्रतादिलाएकाथिए । हिमालयन शेर्पाका डिफेण्डर म्यानुअलनानाको गल्तीको फाईदा उठाउँदै सातदोबाटोका कप्तान सुदिपले बललाई सहजै गोलपोष्टको दिशादिएकाथिए । सातदोबाटोका पासाङ लामाले गरेको प्रहार नानाले अनटाइम क्लिएर गर्न नसक्दात्यसको फाइदा सुदिपले लिएकाथिए ।

 

पहिलो हाफको इन्ज्युरी समयमाहिमालयन शेर्पाका सुशिल राईले बराबरी गोल गर्दै टिमलाई खेलमाफर्काएकाथिए । विश्वास श्रेष्ठको क्रस बल सातदोबाटोका डिफेण्डर करण रावतले क्लिएर गर्न नसक्दात्यसको फाईदा हिमालयन शेर्पाले लियो । करणले हेडर मार्फत क्लिएर गर्न नसकेको बल खोस्दै हिमालयनकाअफ्रिकी खेलाडी अवायोमीले सुशीललाई डिबक्स भित्र सटिक पास उपलब्ध गराएकाथिए । सुशीलले पहिलो हाफको दुई मिनेटको इन्ज्युरी समयको केहि सेकेण्ड बाँकी छँदा टिमलाई खेलमाफर्काए ।

 

दोश्रो हाफको अन्तिम समयमाहिमालयन शेर्पाका अफ्रिकी खेलाडी अवायोमीलेउत्कृष्ट हेडर गोल गर्दै सेमिफाईनलमामकवानपुर ११ संगको भेट पक्का गरे । हिमालयनशेर्पाका मिडफिल्डर सत्यम शर्माले कर्नर एरियाबाट प्रहार गरेको एयर बलमा डिबक्स भित्रबाट अवायोमीले हेडर गोल गर्दा सातदोबाटाका गोलरक्षकनिशान्तथापामगरले बचाउको प्रयाससम्म गर्न भ्याएनन् ।

 

प्रतियोगिताको दोश्रो संस्करणमा उपाधिजितेको हिमालयन शेर्पाले अब फाइनलप्रवेशकालागिबुधबार हुने पहिलो सेमिफाइनलमामोफसलको टिम मकवानपुर ११ संग प्रतिस्पर्धा गर्नेछ ।

 

खेलको १२ औं मिनटमा सातदोबाटोका सुशिललामाउत्कृष्ट अवसर खेर फालेका थिए । अफ्रिकी खेलाडी विलियमले डिबक्स भित्रदिएको सटिक पासमाउनको प्रहार क्रसबार माथिबाट बाहिरियो ।

 

२२ औं मिनटमा सातदोबाटोका विलियमको फ्रिकिक बल हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरे । २८ औं मिनटमा सातदोबाटोका निरज चौधरीले अर्को अवसर खेर फाले । विलियमले डिबक्स भित्रदिएको पासमा निरजको प्रहारले गोल पोष्टको दिशालिन सकेन ।

 

खेलको ७४ औं मिनटमा सातदोबाटोका निरज चौधरीले किपर विट भइसकेको अवस्था खेर फाले । सेन्टरलाईन बाट बल अघि बढाएका निरजले खालीपोष्टमा डेलिभरी गर्न नसक्दाहिमालयनका डिफेण्डरले बल क्लिएर गर्दै संकट टारे ।

 

खेलको पाँचौ मिनटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारबाट बाहिरीयो । डिबक्स भित्रै पाएको बललाई हिमालयन शेर्पाका कप्तानविश्वासले गोलमा परिणत गर्न सकेनन् ।

 

खेलको आठौं मिनटमा निशानलिम्बुको प्रहार गोलपोष्टमा लागेर फर्कियो ।विश्वास श्रेष्ठको पासमा डिबक्स बाहिरबाट निशानले शसक्तप्रहार गरेका थिए ।

 

खेलको ३१ औं मिनटमा विश्वास श्रेष्ठको पासमानिशानलिम्बुको प्रहार सातदोबाटोका गोलरक्षकले बचाउ गरे ।

 

खेलको ५५ औं मिनटमा हिमालयन शेर्पाका सुशील राईको शसक्तप्रहार सातदोबाटोका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । विश्वास श्रेष्ठको कर्नर बलमा पेनाल्टी एरियाबाट शुसीलले गरेको सशक्तप्रहार सातदोबाटोका गोलरक्षक निशानथापामगरले पन्च गरेर जोगाए ।

 

खेलको म्यानअफदिम्याचहिमालयनशेर्पाका अफ्रिकी खेलाडी अवायोमी घोषित भए । उनले दशहजार नगद सहित ट्रफि प्राप्तगरे ।

 

प्रतियोगिताअन्तर्गत मंगलबार अन्तिम क्वाटर फाइनलमा ‘ए’ डिभिजन क्लबचर्च ब्वाइजयुनाईटेडले विभागीय टिम एपिएफक्लबको सामना गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस