आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कटहरिया नगरपालिकाको वडा न ३ मा ७४० घरधुरीलाई ग्यास चुल्हो बितरन

AuthorAP Khabar२०७७ श्रावण ३, शनिबार (३ साल अघि) ९८४ पाठक संख्या

गौतम प्रसाद यादव।श्रावण ०३ रौतहट ।
रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप धुवाँ चुल्हो मुक्त क्षेत्र बनाउने अभियानलाई निरंतरता दिदै रौतहटको कटहरीया नगरपालिका वडा न ३ (साविक बिर्ती प्रष्टोका गाविसमा ७४० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

चुनावको बेला सान्सद साहले गरेको प्रतिबद्धतालाई लगातार पूरा गर्ने रौतहटको पहिलो सान्सद समेत रहेको छ।

उक्त ग्यास तथा चुल्हो बितरन कार्यक्रममा प्रदेश सभा सदस्य मा. कुन्दन कुशवाहा, कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्य त्रिभुवन साहलगायत स्थानीय जनप्रतिनिधि एवम् नेताहरुको उपस्तिथिमा उक्त वडाका सम्पूर्ण घरपरिवारलाई ग्यास सिलिन्डर वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस