आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कानून मन्त्री ज्ञानेन्द्र यादव र राज्य मन्त्री योगेन्द्र यादवद्धारा रौतहटको बागमति नदीको बाँध निरीक्षण

अमित ठाकुर २०७७ श्रावण ४, आईतबार (३ साल अघि) ८७१ पाठक संख्या

रौतहट, साउन ४ गते । प्रदेश २ का एक मन्त्री सहित प्रशासनको टोलीले शनिवार बेलुका रौतहटको बागमति नदीको बाँधको अनुगमन गरेका छन ।

प्रदेश २ सरकारका गृह एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योेगेन्द्र यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रहरी उपरीक्षक रविराज खडका, पत्रकार सहितको टोलीले बागमति नदीले कटान गरिरहेको र कटानको उच्च जोखिममा रहेका बाँधहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन ।

मन्त्री सहित सुरक्षा निकायको टोलीले शनिवार साँझ ५ बजेको समयमा जिल्लाको पुर्वी भेग स्थित रहेको बागमति नदीको धर्मपुर, माधोपुर, पिपरा रजवाडा र बसतपुर घाटको अनुगमन गरेका छन ।

लगातारको वर्षापछि केहि दिन अघि मात्रै बागमति नदीमा आएको बाढीले बसतपुर घाट स्थित ठोक्कर तिव्र गतिमा कटान गरेको थियो भने माधोपुर र पिपरा रजवाडा घाटको बाँध कटान हुने स्थितीमा आईपुगेको छ ।

नदीमा पानीको जलस्तर अहिले धेरै कम भएको कारण उक्त ठाउँहरुको बाँध थप कटान हुनबाट अहिले तत्कालको लागि रोकिए पनी अब नदीमा एउटा बाढी आयो भने माधोपुर, पिपरा रजवाडा घाटको बाँध पुरै कटान गरी बाढीको पानी गाउँ बस्तीमा पस्ने र ठुलो जनधनको क्षति पुरयाउन सक्ने जोखिमलाई मध्य नजर गर्दै गृह तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र कृषि राज्य मन्त्री योगेन्द्र यादव सहितको टोलीले शनिवार उक्त बाँधको निरीक्षण गरेका हुन ।

बाँधको अनुगमन निरीक्षणको क्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बागमति नदीको बाढीले जोखिममा रहेको माधोपुर, पिपरा रजवाडा, बसतपुर लगायत ठाउँहरुको बाँध कटानलाई अविलम्ब नियन्त्रण गर्ने बताउनुभएको छ ।

बाढीले क्षतिग्रस्त भएको बाँधलाई मर्मत सम्भार गर्न र कटानको उच्च जोखिममा रहेका बाँधलाई थप क्षति हुन नदिन जिल्ला विपद व्यवस्थापन समितिको सिफारीसमा एकसाता भित्रमा काम अगाडि बढाउने मन्त्री यादवले प्रतिवद्धता जनाउनुभयो ।

अनुगमनकै क्रममा अर्का कृषि राज्य मन्त्री योगेन्द्र यादवले बाढी र डुवानबाट रौतहटवासीलाई जसरी पनि जोगाउन प्रदेश सरकार गम्भिर रहेको बताउनुभएको छ ।

बाढीले कटान गरिरहेको र जोखिमपुर्ण अवस्थामा रहेको बाँधहरुको तत्काल मर्मत सम्भार गर्न आफु मुख्य मन्त्री लालबाबु राउतलाई पटक पटक ताकेता गरेको राज्य मन्त्री यादवले बताउनुभयो ।

राज्य मन्त्री यादवका अनुसार रौतहटवासीलाई बाढीबाट जोगाउन आफु मुख्यमन्त्री राउतलाई आग्रह गरेपछि पहिलो चरणमा अहिले विभिन्न मन्त्रीबाट अगुगमन निरीक्षण गरिएको र दोश्रो चरणमा यसै सातादेखी नदी नियन्त्रणको लागि काम पनि अगाडि बढने छ ।

गएको तिन दिन अघि पनि प्रदेश २ का भौतिक पुर्वाधार तथा यातायात मन्त्री जितेन्द्र सोनल र उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादव सहितको टोलीले जिल्लाका बागमति र लालबकैया नदीबाट क्षतिग्रस्त र जोखिममा परेका बाँधहरुको अनुगमन निरीक्षण गर्नुभएको थियो ।

अनुगमनमा जनता समाजवादी पार्टीका नेता वृज किशोर यादव, जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, जसपाका माधवनारायण नगर कमिटि अध्यक्ष हरिनारायण प्रसाद यादव, माधोपुरका वडा अध्यक्ष राजीव कुमार यादव लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस