आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमरा महिला साकोसद्धारा कोरोना संक्रमित प्रहरी र असाहाय महिलालाई पोषिलो खाद्यान्न सहयोग

प्रिती कुमारी, जीतपुर २०७७ भाद्र २३, मंगलबार (३ साल अघि) ८४१ पाठक संख्या

सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले मंगलबार कोभिड १९ बाट सङ्क्रमित प्रहरीहरूलाई आइसोलेशन स्थलमै पुगेर पोषिलो खाना हस्तान्तरण गरेको छ ।

 

इलाका प्रहरी कार्यलय सिमरामा कार्यरत उन्नाइस् जना सुरक्षाकर्मीहरूलाई संस्थाले पोषिलो खाना काजु, किसमिस, हाडे बदाम, ,स्याउ, चना र अण्डा गरी करिव १५ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण गरेको हो ।

 

बचत तथा ऋणको कार्य गर्दै आएको यस सहकारीले समय मसयमा आफ्नो समाजीक उत्तरदायीत्व अन्तरगत यसतो सेवा मुलक काम गर्दै आएको पाईन्छ । त्यहि समाजीक उत्तरदायीत्व अन्तरगत यस सहकारी मगंलबार कोरोनाबाट पिडित सुरक्षा कर्मिहरुलाई यो खाद्यान्नय सहयोग गरेको हो ।

 

खाद्यान्न हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष अनिता लम्सालले जनताको सेवा गर्दागर्दै संक्रमणमा परेका सुरक्षाकर्मीहरुले आत्मविश्वास र मनोबल उच्च बनाएर कोरोना माथि जीत निकाल्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रमुख एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठ भावुक हुँदै महिला सहकारीले देखाएको सदासयताले आफू लगायत सम्पूर्ण सुरक्षाकर्मीमा जोखिमलाई काम गर्न उत्साह थपिएको बताउनुभयो ।

 

कार्यक्रममा सिमरा महिला सहकाकरी संस्थाका उपाध्यक्ष मुना खरेल, सचिव भिमादेवी शर्मा, कोषाध्यक्ष गीता शर्मा, सहसचिव संगीता भण्डारी, सदस्य शोभा खतिवडा, संस्थाका ऋण अधिकृत निर्मला सुवेदी, व्यवस्थापक सरस्वती थिङ् लगायत सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

यसैगरी सिमरा महिला सहकारी संस्था सिमराले एक असहाय महिलालाई मंगलबार खाद्यान्न सहयोग गरेको छ ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ मा कोठा भाडामा लिएर एक महिलाअघिदेखि बसोबास गर्दै आएकी वर्दीबास घर भएकी कमला श्रेष्ठलाई सहकारीका तर्फबाट खाद्यान्न सहयोग गरिएको हो ।

 

श्रीमान् रमेश श्रेष्ठ पाँचदिन अघि खाद्यान्न सामग्री लिन घर जान्छु भनि गएको र सम्पर्कमा नआएकोले दुई सानाबच्चासहति आफू अलपत्र परेको र खानेकुरा केही नभएर सडकमा रुँदै हिडेको देखेपछि स्थानीयहरुले महिला सहकारीका सदस्यलाई खवर गरेका थिए ।

 

संस्थाका अध्यक्ष अनिता लम्साल लगायत संस्थाका अन्य पदाधिकारीहरुले असहाय अवस्थामा रहेकी उक्त महिलालाई वडा सदस्य रामचन्द्र लामाको उपस्थितिमा सहकारीका तर्फबाट ३० केजी चामल, ५ केजी आँटा, २ केजी दाल र दुई केजी नुन सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस