आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

घुस बराबरको रकम नपाएपछि नापी कार्यालय सिमराद्धारा काम रोकियो ।

प्रिती कुमारी, जीतपुर २०७७ भाद्र २८, आईतबार (३ साल अघि) १०९१ पाठक संख्या

नापी कार्यालय सिमरालाई घुस नदिएकै कारण आफ्नो काम नभएको सेवा ग्राही राकेश पाण्डेले आरोप लगाउनुभएको छ । आफ्नो बहिनी नितु कुमारी पाण्डेको नाममा जग्गा पास गराउन ठिक १० बजे नापी कार्यालय सिमरा पुगेका पाण्डेको सबै काम पुरा भै अनत्यको घुस बराबरको नगद नदिएकै कारण काम नभएको उहाँले आरोप लगाउनुभएको हो ।

 

दुषित नियतका साथ दर्ता देखि सबै काममा तोक आदेश गरी काम अगाडी बढाएका कार्यालयका सुचना अधिकृत बिनोद कुमार चौधरीले घुस बराबरको रकम नपाएपछि काम रोकेको पाण्डेले बताउनुभयो ।

 

राज्यले किताकाट खोलेपछि भाद्र २६ गते शुक्रवार सम्म नापी कार्यालय सिमराबाट किताकाट भएको छ तर आईतवार सुचना अधिकृत चौधरीलाई घुस नदिएपछि उनले विभागीय मैखिक आदेशका देखाउदै काम गर्न नसक्ने भन्दै आनाकानी गरेको जग्गा खरिद गर्न जानुभएकी नितुकुमारी पाण्डेको भनाई छ ।

 

मसंगै सहयोगका लागि आउनुभएका एकजना साथी दिनेश पटेललाई २५ हजार नगद दिए तुरुन्तै काम हुने नत्र काम गर्न दुई तिन समय लाग्ने सुचना अधिकृत चौधरीले भनेको नितुको भनाई छ ।

 

उहाँले आफुहरु यस लक डाउनको समयमा ५० किलोमिटर टाढाँ कस्टपुर्ण तरीकाबाट आएको कार्यालयमा दर्ता, किताकाट भै निर्णयमा काम गर्ने समयमा विभागको मैखिक बाहाना बनाएर काम रोकेर दुःख मात्र दिएका पाण्डेको भनाई छ ।

 

यता यहि विषयमा नापी कार्यालय सिमराका सुचना अधिकृत चौधरीसंग कुरा गर्दा उहाँलेपनि माथिको मौखिक आदेशका कारण आफुहरुले काम रहेको जानकारी दिनुभयो ।

 

उहाँले सरकारले निर्णय गरेपनि यस सम्बन्धि स्पशट खाका नआएका कारण यो किताकाट गर्ने काम रोकिएको जानकारी दिनुभयो । उहाँले यस भन्दा पहिले दैनिक ४÷५ जनाको जग्गा किताकाट हुदै आएको तर आईतवार विमागले दिउसो तिर मौखिक आदेश दिदै काम रोक्न भनेपछि आफुहरुले काम केहि दिनका लागि रहेको बताउनुभयो ।

 

यसैगरी कार्यालयका प्रमुख चिन्तामणि कुमार यादबले आफुले तोक नै नलाई पाण्डेको फाईल दर्ता भएको र काम अगाडी बढेको जानकारी दिनुभयो । उहाँले आईतवार बिहानैदेखि कार्यालयमा उपस्थित रहनुभएको छ ।

 

कार्यालय प्रमुख कार्यालय हुदाँ समेत चौधरीले आर्थिक चलखेल गर्न आफै तोक लगाएर काम अगाडी बढाएको र अन्त्यमा घुस नपाएपछि बाहाना बनाएर काम रोकेको पाण्डेले आरोप लगानुभयो ।

प्रतिक्रिया दिनुहोस