आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पर्सामा यसवर्षको दसैंमा बलि चढाउन नपाइने जिल्ला प्रशासन कार्यालय पर्साको निर्णय

एपी खबर २०७७ आश्विन २३, शुक्रबार (३ साल अघि) ४५७ पाठक संख्या

पर्सामा पनि यसवर्षको दसैंमा बलि नचढ्ने भएको छ । जिल्लाको विभिन्न शक्तिपिठहरुमा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यका साथ बलि चढाउन नपाइने निर्णय गरेको हो ।

 

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै कोरोना महामारीलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रण गर्नको लागि गहवामाई, बिन्दबासिनी, बिर्तामाई, नगवा लगायतका पर्साका मुख्य शक्तिपीठहरुमा बलि दिन निषेध गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

 

दसैँमा धार्मिक आस्थामा आँच नआउने गरि शक्तिपीठहरुमा नित्य पूजा मात्र गर्न दिइने तामाङले बताए । सार्वजनिक स्थान खुल्ला चौर, बाटोमा बनाइने दुर्गा झाँकी वा पण्डाल समेत बनाउन नदिइने जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

 

भिडभाड हुने कार्यक्रम, मेला जात्रा, महोत्सव समेत गर्न नपाइने जारी जारी सूचनामा उल्लेख छ । फुलपातीदेखि नवमीसम्म वीरगञ्ज बजारको मुख्य क्षेत्रहरुमा सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन सकिने सीडीओ तामाङले जनाएका छन् ।

 

दसैँमा हरेक वर्ष भित्र्याउने गरिएको फुलपाती कार्यक्रम यस वर्ष कोरोना महामारीका कारण सा‌ंकेतिक रुपमा मात्रै भित्र्याउने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

यसअघि जिल्ला प्रशासन कार्यालय धनुषाले पनि दसैंमा कुनै प्रकारको बोका बलि दिन नपाइने गरि निर्णय गरिसकेको छ भने प्रदेश २ का अन्य ६ जिल्लाले दसैं पर्वका लागि तत्काल कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस