आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित ६ जना कर्मचारीमा कोरोना संक्रमण

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ४०० पाठक संख्या

सर्लाही । सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका ६जना कर्मचारीमा कोरोना संक्रमण देखिए कोभिड १९ को संक्रमण न्युनिकरण गर्न शान्ति सुरक्षा र विपद् व्यवस्थापनका कार्यहरू बाहेक जिल्ला प्रशासन कार्यालय एक हप्ता सम्मको लागि बन्द गरिएको छ ।

 

केहि दिन पहिला जिल्ला प्रशासन कार्यालयका एक जना नायव सुब्बामा कोरोना संक्रमण पुष्टि भएपछि बिहिवार २२ गते जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहित ७१ जनाको स्वाब कोरोना परिक्षणको लागि संकलन गरिएको थियो ।

शनिवार आज एकै साथ १० जना कोरोना पोजेटिभको पुष्टि भएको हो । जस मध्ये सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एक जना प्रसासकीय अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रसासकीय अधिकृत राम प्रमोद यादबले जानकारी दिए ।

 

अन्य बाँकी ५ जना थुनुवा र अन्य कार्यालयका कर्मचारी रहेको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीह? नै कोरोना संक्रमित भएपछि कोरोना जोखिमलाई न्युनिकरण गर्न असोज २५ गते आईतबार देखि ३० गते शुक्रवार सम्म सम्पूर्ण सेवावाहरू बन्द हुने गरी सूचना नै जारी गरिएको प्रसासकीय अधिकृत यादबले बताए ।

प्रतिक्रिया दिनुहोस