आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ठोरीमा प्रगतीशिल सहकारी संजाल गठन

पुष्पराज खतिवडा, बारा २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ५८० पाठक संख्या

पर्साको ठोरीमा गाउँपालिका स्तरिय प्रगतीशिल सहकारी संजाल गठन गरिएको छ । शनिबार गाउँपालिकामा बसको स्थानिय सहकारी संस्थाका प्रतिनिधिहरुको भेलाबाट अष्ट बहादुर लोप्चनको संयोजकत्वमा ९ सदस्य संजाल गठन गरेको हो ।

 

लोप्चन गाउँपालिकाको वडा नं.५ मा रहेको हाम्रो सृजनशिल कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष हुन् । उनको नेतृत्वको संजालको सचिवमा वडा नं.४ स्थीत चौतारी कृषि सहकारी संस्था लि.का अध्यक्ष सागर लामा, सदस्यहरुमा वडा नं.२ स्थीत कोसेली महिला कृषि सहकारीकी धना पंडित, वडा नं.१ स्थीत वनशक्ति महिला साकोसकी कलावती न्यौपाने, वडा नं.३ स्थीत ठोरी दुग्ध उत्पादक सहकारी संस्थाका मणी घिमिरे रहेका छन् ।

 

यस्तै गाउँपालिकाको वडा नं.४मा रहेको गुणकेशरीबचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस)का बुद्धलाल पा्ख्रिन, २ को गणेश कृषि सहकारी संस्थाका कमल राना, ३ मा रहेको ब्रम्हनगर कृषि सहकारीका पानालाल विष्ट र २ को सृजना मध्यवर्ती साकोसका जोगेन्द्र पौडेल समितिको सदस्यमा चुनिएको नवगठित संजलका अध्यक्ष लोप्चनले बताए ।

 

ठोरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णलाल श्रेष्ठको प्रमुख अतिथ्यता तथा पर्सा कृषि सहकारी संघका अध्यक्ष नरेश जैसवालको विशेष उपस्थीतीमा ठोरी सहकारी संजाल गठन भएको उनले बताए । बैठकमा स्थानिय १२ वटा विभिन्न सहकारी संस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
फोटोमा ःसहकारी संजालका पधादिकारीहरु

प्रतिक्रिया दिनुहोस