आज:  २०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेकपा बारा द्वारा नेता महमूद आलमको आठौ स्मृति सभा सम्पन्न

एपी खबर २०७७ आश्विन २४, शनिबार (३ साल अघि) ६५३ पाठक संख्या

बारा । नेपाल कम्न्युष्ट पार्टी नेकपा बाराले स्व. नेता महमूद आलमको आठौ स्मृति सभा सम्पन्न गरेको छ । बाराको परवानीपुरमा सम्पन्न कार्यक्रमको अध्यक्षता नेकपा बारा जील्ला अध्यक्ष क्षेत्र बहादुर श्रेष्ठ ’अनिल’ले गर्नु भएको थियो ।

 

कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा पाल्नुभएका प्रधानमंत्री केपि ओलीका पूर्व सल्लाहकार अच्युत मैनालीले सहीद महमूद आलमको सपना पूरा गरे मात्रै उहाँ प्रति सच्चा श्रद्धांजलि हुने भन्दै देश परिवर्तनका बिभिन्न आंदोलनमा उहाँको अविस्मरणीय योगदानहरूको समझना गर्नु भएको थियो ।

 

स्मृति सभा कार्यक्रममा नेकपाका केंद्रीय सदस्य बलबीर चौधरी, गोपाल ठाकुर, संबिधान सभा सदस्य नेजमा आलम, प्रदेश सदस्य गीता कंडेल, मुस्लिम संघठनका नेता राज खान, जाकिर अंसारी, राज महमद मिया, नाजिर मिया त्यसैगरी राष्ट्रीय युवा संघका बारा संयोजक पुरषोत्तम साह लगाएतको उपस्थीती रहेको थियो ।

 

राष्ट्रीय युवा संघका केंद्रीय सदस्य मोबिन आलमले स्वागत मनब्य राख्नुभएको कार्यक्रमको संचालन नेकपाका नेता मनोज पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस