आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निरन्जन रामको हत्याको आरोपमा ठप्प एक जना फरार प्रतिवादी पक्राउ

अखिलेश कुमार यादव २०७७ कार्तिक ६, बिहिबार (३ साल अघि) ६६१ पाठक संख्या
 श्रावन ३१ गते रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं. ८ जिंगडिया बस्ने नन्दलाल महराको छोरा बर्ष २० को निरन्जन रामलाई राती घाटीँ रेटी हत्या गरेको आरोपमा रौतहट प्रहरीले ठप्प एक जनालाई पक्राउ गरेको छ ।
निरन्जन रामको हत्याको आरोपमा फरार रहेको प्रतिवादी जिल्ला रौतहट गरुडा न.पा. वडा नं. ८ बस्ने राजगीर साह बनियाँलाई आफ्नै घरमा लुकी छुपी बसिरहेको सुचना प्राप्त भए पछि प्रहरीले राजगीर साह बनियाँलाई नियन्त्रणमा लिएको हो ।
निरन्जन रामको हत्याको आरोपमा पक्राउ गरिएको बिजय रामको प्रहरीको यातना बाट विजय रामको उपचारको क्रममा मृत्यु समेत भएको थियो।
सो घटनाको अनुसन्धानको क्रममा प्रहरीको चरम यातना बाट विजय रामको मृत्यु भएको रहस्य खुले पछि जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत एक जना प्रहरी निरीक्षक सहित २ जना हवलदारलाई निलम्बन समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस