आज:  २०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फकिरा गिरि राजेश्वर गिरि माबि जीतपुरलाई समाज सेवी परशुराम गिरिले गरे ३ लाख सहयोग

एस.एस. पटेल २०७७ फागुन ५, बुधबार (३ साल अघि) ६१७ पाठक संख्या

जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयलाई समाज सेवी परशुराम गिरिले ठूलो रकम सहयोग गर्नुभएको छ ।

 

जीतपुरका समाज सेवी परशुराम गिरिले आज बुधबार स्कुललाई महिला शौचालय निर्माणका लागि २ लाख सहयोग गर्नु भएको हो, यस अघि उहांले स्कुलको मुख्य द्वार (गेट) निर्माणको लागि पनि १ लाख सहयोग गर्नु भएको थियो ।

 

समाज सेवी परशुराम गिरिले स्कुलको प्राधानाध्यापक राजु सिंह र सोही स्कुलका व्यवस्थापक समितिका सदस्य मुरारी पुरिलाई चेक हास्तानान्त्रण गर्दै आफुले सके सम्म स्कुल र समाजको लागि सहयोग गर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस